काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समय कम भएपनि सरकार भएको अनुभुत हुनेगरी काम गर्ने प्रतिवद्धता व्यत्तः गरेकी छन् ।
नेकपा एकिकृत समाजवादीले तनहुँको दमौलीमा गरेको कार्यक्रममा पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने भन्दै समय छोटो भएपनि केही न केही गरेरै छाड्ने लाबी गरिन् ।
भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि लडिरहने उनको दाबी छ ।




