काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज र शशि श्रेष्ठलाई मन्त्री नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । माओवादी केन्द्रले बोधमाया यादवलाई राज्य मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
सरकार गठन भएको तीन महिनासम्म पनि पुर्णता पाउन नसकेको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका छन् ।




