चैनपुर । संखुवासभा कांग्रेस महाधिवेशन प्रतिनिधिको मत गणना पुनः भएको छ । करिब १४ सय मतदाता रहेकोमा १३ सय ५२ जनाले मतदान गरेका थिए । ७ सय १४ मत गणना भइसकेपछि विवाद सुरु भएपछि सहमतिमै पुन मत गणना गर्ने निर्णय भएको थियो ।
महाधिवेशन प्रतिनिधिका लागि गत शनिबार मतदान भएको थियो । जिल्ला कार्यसमितिको मत गणनापछि महाधिवेशन प्रतिनिधिको मत गणना गरिएको थियो । प्राविधिक गल्तीले गर्दा पुनः मत गणना गर्नुपरेको निर्वाचन समितिका सदस्य दिनेश पौडेलले जानकारी दिए ।





