राजनीति

कांग्रेस प्रदेशसभा ‘ख’ संखुवासभामा निर्विरोध नेतृत्व चयन

चैनपुर । नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ संखुवासभाको क्षेत्रीय अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । दीपेन्द्रमान शाक्यको सभापतित्वमा सर्वसम्मत भएको कार्यसमितिको उपसभापतिमा देवराज सुवेदी र लोकबहादुर लिम्बू, सचिवमा केशवकुमार कार्की र चित्रप्रसाद श्रेष्ठ तथा सहसचिवमा पिताम्बर घिमिरे र चेतनमणि गुरुङ रहेका छन् ।

निर्वाचन अधिकृत दिनेश पौडेलका अनुसार प्रदेशसभा क्षेत्रीय महाधिवेशन प्रतिनिधिहरुमा प्रत्यक्ष महिलातर्फ शोभा घिमिरे, बबिता दाहाल पौडेल, सीतादेवी भट्टराई, खुला प्रत्यक्षतर्फ रमेशकुमार जिमी, कुवेर भण्डारी, राजेन्द्रबहादुर राउत, डम्बरप्रसाद बस्नेत, गोकुल खत्री, भीमबहादुर कार्की र भूपालमान बस्नेत रहेका छन् भने खस आर्य महिलाबाट कल्पना कार्की खत्री, खस आर्य खुलाबाट बसनतकुमार खड्का, आदिवासी जनजाति महिलाबाट गीतादेवी गुरुङ, खुलाबाट पासाङ शेर्पा, नीलमणि राई, खुला दलितबाट जीवनकुमार सुन्दास र अपांगता/अल्पसंख्यकबाट अनिरुद्रसिंह लिंखा (नारायण) रहेका छन् ।

हिजो मंगलबार पूर्वराज्य मन्त्री दीपक खड्काले अधिवेशनको उद्घाटन गरेका थिए । त्यसपछि सुरु भएको बन्दसत्रले शाक्यको सभापतित्वमा सर्वसम्मत नेतृत्व छनोट भएको हो ।

यता, प्रदेशसभा ‘क’ को सभापतिमा देउमान राई सर्वसम्मत चयन भए पनि कार्यसमिति र पदाधिकारीको टुंगो लागि नसकेको हाम्रा संवाददाताले जानकारी दिएका छन् । ‘क’ प्रदेशसभामा पनि सर्वसम्मत नेतृत्व छनोटको प्रयास भइरहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *