काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेको छ ।
तीन वर्षको अवधिमा देश विकासका साथै विश्वमा नेपाल परिचित बनेको दावी प्रधानमन्त्री ओलीको दावी छ ।
सिंहरदवारस्थित पुनर्निर्मित प्रधानमन्त्री कार्यालयको प्रांगणमा करिब दुई घण्टा प्रेस ब्रिफिङ गर्दै उनले उपलब्धिको फेहरिस्त सुनाए ।




