काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीय नागरिकको अधिकार र सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जलविद्युत् आयोजना सञ्चालन हुने क्षेत्रका बासिन्दाले त्यसबाट उचित लाभ र अवसर पाउनुपर्ने उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्वत जिल्ला शाखाले कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्थानीयको हकहितलाई प्राथमिकतामा राखेर ऊर्जा क्षेत्रका योजना अघि बढाइने बताए।
उनका अनुसार ऊर्जा मन्त्रालयले जलविद्युत् आयोजनामा स्थानीयको अधिकार सुनिश्चित गर्नुका साथै सिँचाइ सुविधा विस्तार, कृषि उद्यम प्रवर्द्धन र विपद् व्यवस्थापनका विषयलाई समेत प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको छ।
मन्त्री श्रेष्ठले विकास निर्माण र सुशासनका काममा सरकार एक्लै सफल हुन नसक्ने उल्लेख गर्दै राजनीतिक दल तथा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीय आवश्यकता र जनताको अपेक्षाअनुसार विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।
जलस्रोतको उपयोगबाट प्राप्त हुने लाभमा स्थानीय समुदायको समेत उचित हिस्सेदारी स्थापित गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ थियो।




