देश

कुलमानको पार्टीमा प्राज्ञिक व्यक्तित्वको प्रवेश, पूर्वउपकुलपति बज्राचार्य आबद्ध

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा वरिष्ठ अर्थशास्त्री प्रा।डा। सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा जोडिएका छन्। उनी पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध भएका हुन्।

शिक्षा, अर्थतन्त्र, विकास, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव संगालेका बज्राचार्यलाई पार्टी अध्यक्ष कुलमान घिसिङले खादा ओढाएर पार्टीमा स्वागत गरेका छन्।

बज्राचार्यको पार्टी प्रवेशलाई उज्यालो नेपाल पार्टीले आफ्नो संगठन र नेतृत्व विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा लिएको छ। उनको प्राज्ञिक पृष्ठभूमि र नीतिगत अनुभवले पार्टीको भावी कार्यदिशा तय गर्न सहयोग पुग्ने पार्टीको अपेक्षा छ।

विशेषगरी आर्थिक विकास, शिक्षा सुधार, अनुसन्धान र संस्थागत सुशासनका क्षेत्रमा उनको अनुभवलाई नीति निर्माणमा उपयोग गर्न सकिने पार्टीको विश्वास छ।

बज्राचार्यको आबद्धताले केन्द्रीय नेतृत्वलाई थप अनुभवी र प्राज्ञिक बनाउनुका साथै राष्ट्र निर्माणको अभियानलाई नयाँ गति दिने पार्टीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *