देश

मविरुद्ध झुटा आरोप लगाइयो, त्यो एआई प्रयोग गरेर बनाइएको अडियो होः खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग माग गरेका छन् ।

प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहारको निशानामा परेको सुनारको भनाइ छ । पछिल्लो समय एक महिलासँगको भनिएको अडियो सार्वजनिक भएपछि उनले त्यसलाई आफूविरुद्ध गरिएको प्रचारको संज्ञा दिएका छन् ।सुनारले सार्वजनिक भएका आरोपहरू कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबीसमेत गरेका छन् । उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

‘ममाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई हार्दिक अपील गर्न चाहन्छु,’ उनले भनेका छन्। भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदा आफू अन्याय र घृणाको निशानामा परेको उनको दाबी छ । यद्यपि, आफूमाथि हुने छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारेका छन् ।

सुनारले सार्वजनिक भएका आरोपबारे भ्रममा नपर्न आम नागरिकलाई आग्रहसमेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *