राजनीति

डिला संग्रौलाले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता गराइन्

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. डिला संग्रौलाले महामन्त्री पदमा (महिला कोटातर्फ) उम्मेदवारी दर्ता गराएकी छन् ।

संग्रौलाले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय मंगलबार मध्यान्ह १२ः३० बजेदेखि ६ बजेसम्म तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *