देश

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । बैठकले प्रस्ताव पारित गरेसँगै विधेयक पारित भएको हो ।

नेपालको संविधानको धारा ५१ (क) मा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षासम्बन्धी नीति उल्लेख छ । उक्त व्यवस्थामा राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ ।

सरकारले राष्ट्रिय सेवा दल ऐन, २०२७ ले वर्तमान आवश्यकता र अवस्थालाई सम्बोधन गर्न नसकेको भन्दै त्यसलाई प्रतिस्थापन तथा समयानुकूल बनाउन नयाँ विधेयक ल्याएको हो । यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले भाग लिँदै आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज ६ गते दिउँसो १ः०० बजे बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *