काठमाडौं । हालै रसुवामा आएको भिषण बाढी पश्चात सम्पर्कविहीन रहेका खोटाङका रुपेश परियार परिवारको सम्पर्कमा आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. ०४ घर भएका २३ वर्षीय रुपेश परियार हालै परिवारको सम्पर्कमा आएको उनकी आमाले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको सुचना अधिकारी(इन्सिपेक्ट) निराजन बस्नेतले जानकारी दिए । सुचना अधिकारी बस्नेतले संकल्पखबरलाई जानकारी दिए अनुसार सम्पर्कमा आएका परियारले गोसाईँकुण्डमाथितिर घुम्न गएको र अहिले अर्को नुवाकोटको बाटो हुँदै घर आउँदैछु भनी आमालाई फोन गरेका थिए ।
खोटाङ जिल्लाका अझै नौँ जना सम्पर्कमा नआएकाले जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यस्तै कार्यालयले कोहीकसैसँग सम्पर्कमा आएमा सो कार्यलयमा जानकारी गराइदिनुहुन समेत आग्रह गरेको छ । यदि सो बाढीपहिरोबाट सम्पर्कविहीन भएका सम्पर्कमा आएमा दिएको नम्बरमा फोन गर्न आग्रह गरेका छन्
प्रहरी कार्यालय खोटाङको नम्बर यस्तो छ :





