काठमाडौं । केही दिनअघि रसुवामा आएको बाढीका कारण नेपाली नागरिकहरुदेखि विश्वसमुदायलाई पनि डर त्रास पैदा गरेको छ । नेपाल र चीन सीमानामा क्षेत्रमा ताल बिष्फोट भएपछि हजारौँ नागरिकहरुले अकालमैँ ज्यान गुमाउनुका साथै बेपत्ता समेत परेका छन् ।
भदौ १० गते नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेका तालहरुले समेत थप त्रास पैदा गरेको अन्तराष्ट्रिय संरमाध्यमहरुले जनँएका छन् । चिनियाँ सञ्चार माध्यमले न्यूज डट सीजीटीएनले सार्वजनिक गरेको सुचनाअनुसार सो क्षेत्रमा अर्को डरलाग्दो १४ वटा फुटबल मैदान बराबरको ताल जमेको छ । पहिरोका कारण जमेको तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर तथा लगभग १४ वटा फुटबल मैदान बराबर रहेको चिनियाँ सञ्चार माध्यमले न्यूज डट सीजीटीएनको दाबी रहेको छ ।
एन्नेङ ग्रुपले अगस्ट २९ सम्म गरेको अनुगमनले यस्तो तथ्यांक देखाएको र ताललाई नियँत्रणमा लिएको सीजीटीएनले न्युजले जनाएको छ । चीन–नेपाल सीमा क्षेत्रमा पहिरोका कारण बनेको ब्यारियर लेक–०१ (ताल–१) अहिले नियन्त्रणमा रहेको अगस्ट २९ सम्मको एनेङ ग्रुपको अनुगमन तथ्यांकको दाबी छ ।
न्यूज डट सीजीटीएनले सार्वजनिक पोष्ट अनुसार त्यहाँ जमेको ताल करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको र १४ वटा मानक फुटबल मैदान बराबरको छ । , ताल–१ भन्दा करिब ५ किलोमिटर माथिल्लो भागमा अर्को ब्यारियर लेक–२ (ताल–२) समेत रहेको जनाइएकोे छ ।




