जलश्रोत/उर्जा

इलेक्ट्रो पावर कम्पनी आईपीओ लिएर बजारमा आउँदै, धितोपत्र बोर्डमा अनुमति आवेदन

काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा औपचारिक रुपमा आवेदन दिएको छ। कम्पनीले मंसिर १ गते बोर्डमा निवेदन दर्ता गराएको हो।

कम्पनीले ८१ करोड २५ लाख रुपैयाँ बराबरका ८१ लाख २५ हजार कित्ता शेयर बजारमा ल्याउन अनुमति चाहेको जनाएको छ। आईपीओको बिक्री प्रबन्धकको जिम्मा एनआईएमबी एस क्यापिटलले सम्हाल्नेछ। हाल इलेक्ट्रो पावरकम्पनीले सिन्धुपाल्चोकमा ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसलाई आगामी वर्षहरूमा राष्ट्रिय ग्रिडमा थपिने महत्वपूर्ण परियोजना मानिन्छ।

कम्पनीको शेयर संरचना पनि विविध छ , सगरमाथा जलविद्युत कम्पनी – १८ प्रतिशत,नेशनल इक्विटी फण्ड १ – १४ प्रतिशत,कभी होल्डिङ प्रालि – ६ प्रतिशत,एनआईबिएल इक्विटी पार्टनर्स – ६ प्रतिशत,मोहन विक्रम कार्की – ६ प्रतिशत, कम्पनीका अध्यक्ष)

अन्य सञ्चालकमा माधव प्रसाद मैनाली, दीपक राज जोशी, श्रीजेश गुरागाई, कुन्ती देवी लिम्बु र डाः भोगेन्द्र कुमार गुरागाई रहेका छन्। आईपीओ निष्काशनको अनुमति प्राप्त भएपछि कम्पनी ऊर्जा क्षेत्रका लगानीकर्ताको नयाँ आकर्षण बन्ने अनुमान गरिँदैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *