देश

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत। एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ । अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो ।

अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ । नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ । आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *