शिक्षा / स्वास्थ्य

जेनजी आन्दोलनको असर : काठमाडौं उपत्यकाका निजी विद्यालय मंगलबार बन्द हुने

काठमाडौं । सोमबार भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं उपत्यकाका निजी विद्यालय मंगलबार बन्द हुने भएका छन्। नेपाल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेका अनुसार विषम परिस्थितिका कारण विद्यालय सञ्चालन असम्भव भएकाले बन्द गर्ने निर्णय गरिएको हो।

आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा १९ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये धेरै विद्यार्थी रहेको आशंका गरिएको छ।

विद्यालय बन्द भएपछि परीक्षासहितको शैक्षिक गतिविधि स्थगित हुने भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *