राजनीति

ओलीमाथि आरोप लाग्दा वैचारिक लडाइँ यही फाउण्डेशनबाट लडियो’ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै स्थापना भएको स्पष्ट पारेका छन् ।

फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले ओलीको सान्निध्य पाएर फाउण्डेशन अघि बढेको स्मरण गरे । पोखरेलका अनुसार पार्टीभित्र ओलीमाथि अनेक आरोप लाग्दा पनि यही फाउण्डेशनबाट वैचारिक लडाइँ लडिएको हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको पूर्व उपाध्यक्षका रूपमा सम्बोधन गर्दै पोखरेलले ओलीले विचारको झन्डा बोकेर अघि बढ्दा फाउण्डेशन निरन्तर जोडिएको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *