देश

राजनीतिमा पुनः सक्रिय हुँदै विद्यादेवी भण्डारी, थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं। नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् ।

थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उदघाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गर्दैछिन् ।मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उदघाटन गर्न लागेकी हुन् ।

बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उदघाटन गरिने भनिएकाे थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *