काठमाडौं । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगा वाट विद्युत खरिद गर्न सहमित भएको छ । यस अघि अनुमति प्राप्त ८१०.९मे.वा. र थपिएको २०० मेवा गरी कुल भारत निर्यात क्षमता १०१०.९मे.वा. पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बगलादेश निर्यातको ४० मे.वा सहित नेपालको कुल निर्यात स्विकृति १०५०.९ मे वा पुगेको छ ।
पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्विकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबरसम्मको लागि हो । यस अन्तर्गत लिखु–२, लिखु खोला ए ,लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत रहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आ.व. ८१र८२ मा १७ अर्व ४७ करोड रुपैया बराबरको विद्युत निर्यात भएकोमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्विकृतीले यस आवमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ ।




