राजनीति

बहुविवाहप्रति एमाले सचेतक बरालको चेतावनी : ‘असामाजिक विषयलाई कानुनी मान्यता दिन खोजिएको हो?

काठमाडौँ । नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै भइरहेको चर्चाको कानूनमन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्रीसन्त्री र मन्त्रालयको ध्यानाकर्षण गराइन्।उनले भनिन्, ‘बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा हेर्न हो भने असामाजिक र कानूनी मान्यताले हेर्ने हो भने गैरकानूनी विषय हो। यो संवेदनशील र गम्भीर विषय हो। यस्ता विषयमा कानुन निर्माणको प्रक्रियामा अघि बढ्दा अहिले उठेको विषय के हो ?’

उनले यो गम्भीर विषय भएको उल्लेख गर्दै चर्चामा आएको वास्तविकता के हो भन्दै कानुन मन्त्रीमाथि प्रश्न गरिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *