देश

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।पार्टी मुख्यालय, पेरिसडाँडमा बस्ने उक्त बैठकका लागि बुधबार नै एजेन्डा तय गरिएको थियो ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन ।

साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *