देश

कांग्रेस बागमती संसदीय दलको नेता छान्न आज मतदान

मकवानपुर ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार आज मतदान हुनेगरी कार्यतालिका तय गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार, मतदाता नामावली आज बिहान ८ बजे प्रकाशित हुनेछ। नामावलीमा दाबी–विरोध गर्न बिहान ८:३० देखि ९ बजेसम्मको समय तोकिएको छ।

उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११:३० बजे सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ।

अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ।

मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानपछि तत्कालै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

मंगलबार गठन गरिएको समितिमा संयोजक श्रेष्ठसहित ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *