देश

दफावार छलफलका लागि पर्यटन विधेयक राष्ट्रियसभाबाट विधायन समितिमा पठाइयो

काठमाडौं।राष्ट्रियसभाले ‘पर्यटन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राखेको उक्त विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १४ गते बुधबार दिउँसो १:१५ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *