देश

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

काठमाडौं। सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् ।

उनी आज साँझ ६ बजे जेनेभाका लागि प्रस्थान गर्नेछन् ।  गत शुक्रबार उनले आफ्नो भ्रमणका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा दुई वटा सेसनमा सम्बोधन गर्नेछन् ।

पहिलो सेशनमा  ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र दोस्रो सेशनमा ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ बिषयमाथी सम्बोधन गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *