देश

काँग्रेस पदाधिकारी बैठक देउवा निवास बुढानीलकण्ठमा जारी

काठमाडौँ ।सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ।

यो बैठक समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक मामिलामा केन्द्रित रहने बताइएको छ।बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू, सरकारमा गएका मन्त्रीहरू र पूर्वपदाधिकारीहरू लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

यस बैठकले पार्टीभित्र देखिएका पछिल्ला विवादहरू, संसदमा जारी गतिरोध, र आगामी रणनीतिका बारेमा गहन छलफल गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *