राजनीति

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्काउन मिल्दैन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कन नसक्ने बताएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको बलिदानीबाट स्थापित व्यवस्थामा सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए। “यो व्यवस्था सुधार गर्दै अघि जानुपर्छ,” प्रचण्डले भने, “राजनीतिक नेतृत्वले जनतामा निराशा फैलिने गरी होइन, विश्वास दिलाउने गरी काम गर्नुपर्छ।”

कार्यक्रममा उनले विकास निर्माणका विषयमा पनि धारणा राखे। कालीगण्डकी करिडोरको निर्माण छिटो टुंग्याउन आफूले हरसम्भव पहल गर्ने बताएका छन्। साथै, जनताको समस्या बुझ्नका लागि आफू गाउँ–घर पुग्न थालेको जानकारी पनि दिए।

प्रचण्डको भनाइले देशमा पछिल्लो समय बढ्दो राजनीतिक अस्थिरता र निराशाबीच संघीय गणतन्त्रको संरक्षणमा प्रतिबद्धता झल्किएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *