देश

जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै राजनीतिक दलहरूको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको बताए । उनले निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदायलाई मात्र नभई तल्लो तटीय समुदाय पनि प्रभावित बनेको बताए ।

जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतीपूर्ण रहेको बताउँदै समाधानको सम्भावनाले भरिएको बताए । नेपाल पीडित मात्रै नभई समाधान दिनसक्ने देशको छवि निर्माण गरिरहेको बताए ।

जलवायु परिवर्तनका असर न्युनिकरणमा नेपालले गरिरहेका प्रयास ब्राजिलमा हुने कोप ३० मा प्रस्तुत गर्नुपर्ने बताए । वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतीपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नेपाली काँग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि नेतृत्व लिन तयार रहेको बताए ।

सभापति देउवाले भने, ‘कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ हाम्रा सामु स्पष्ट छन् । निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदाय मात्रै होइन, तल्लो तटीय समुदाय पनि प्रभावित भइरहेको छ । जलवायु परिवर्तनले गर्दा सारा हिमनदी, ग्लेसियर पग्लिरहेका छन् । जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतीपूर्ण छ । त्यसो भए पनि समाधानको सम्भावनाले भरिएको छ । नेपालको सामुदायिक वन, नविकरणीय उर्जा, विद्युतीय सवारी, स्थानीयस्तरमा गरिएको अनुकुलन अभ्यासहरूमार्फत जलवायु संकट समाधानको योगदान दिँदै आएको छ । नेपाल पीडित मात्रै नभई समाधान दिनसक्ने देशको छवि निर्माण गर्दैछ । अब हाम्रा प्रयासहरूलाई ब्राजिलमा आयोजना हुने कोप ३० मा नेपालले दरिलो रुपमा प्रस्तुत गर्नु आवश्यक छ । वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतीपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नोपली काँग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि अग्र स्थान लिन तयार छ । साथै राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याइ संवाद, सहमति र समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने वातावरण तयार पार्न हामी प्रतिबद्ध छौँ । यसका लागि म पार्टी सभापतिको हैसियतले म स्वयं पनि तयार छु । वातावरण तथा जलवायु परिवर्तनमा पार्टीका सरोकारवाला सबैलाई अझ बढी क्रियाशील हुन आह्वान गर्दछु ।’

सभापति देउवाले राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याइ संवाद, सहमति, समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने वातावरण तयार पार्न हामी प्रतिबद्ध रहेको बताए । वातावरण तथा जलवायु परिवर्तनमा पार्टीका सरोकारवाला सबैलाई अझ बढी क्रियाशील हुन आह्वान गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *