देश

मुलुकमा बलिया राजनीतिक दलहरूको आवश्यकः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यक नरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एमालेले बिहीवार काठमाडौँमा आयोजना गरेको ‘गणतन्त्र उत्सव’लाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले देशमा धेरै राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूको आवश्यकता रहेको बताए ।

पोखरेलले राजनीतिक अस्थिरताका कारणले नै आफूहरूले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न नसकेको धारणा राखे । उनले एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प तथा अठोट लिएको जिकिर गरे । महासचिव पोखरेलले लोकतन्त्र र गणतन्त्रले नै एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने उल्लेख गरे ।

उनले ‘गणतन्त्र उत्सव’लाई आगामी वर्ष अझ शानदार र भव्यताका साथ देशव्यापी मनाउने जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *