देश

सरकारले राप्रपा सांसदहरूको पिएसओ फिर्ता बोलायो

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ फिर्ता बोलाएको छ ।

सरकारले प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता बोलाएको हो ।

प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा फिर्ता भएको जानकारी दिए । उनले पिएसओ फिर्ता भएको विषयमा आपत्ति नभएको तर फिर्ता हुनुको कारण थाहा नपाएको बताए ।

 

‘पिएसओ फिर्ता भएका छन्, यो मलाई आपत्तिको विषय चाहिँ होइन,’ उनले भने, ‘किन फिर्ता भए पनि थाहा भएन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *