राजनीति

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

जेठ १५ गते बजेट आउन लागेको समयमा एमालेको सचिवालय बैठक बस्न लागेको छ । बैठकमा बजेटको बारेमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *