काठमाडौं । जिल्ला अदालत काठमाडौंले हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश दिएको छ ।न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले हिरासतमा रहेका प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश दिएको हो ।
प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको हो ।
यसअघि पनि अदालतले उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । तर, उनी हिरासतमै थिए ।अदालतले ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै उनलाई तत्काल तारेक वा हाजिर जमानीमा छाड्न नमिल्ने पनि उल्लेख गरेको छ ।




