देश

कक्षा १२ को परीक्षा वैशाख २१ बाटै सुरु हुने, शिक्षक–सरकारबीच सहमति

काठमाडौं । लामो वार्तापछि सरकार र नेपाल शिक्षक महासंघबीच कक्षा १२ को परीक्षा तय गरिएको मिति वैशाख २१ गतेबाटै सुरु गर्ने सहमति भएको छ। बुधबार सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्ताले उक्त निष्कर्ष निकालेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, ूसरकार र महासंघबीच सहमति भइसकेको छ। अब परीक्षा तोकिएको मितिमा नै हुनेछ।ू यसअघि वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण सारिएको थियो।

सहमति अनुसार असार १५ भित्र नयाँ शिक्षा ऐन ल्याउने लक्ष्य पनि तय गरिएको छ। शिक्षकहरूले पेस गरेको नौ बुँदे प्रस्तावमा सरकार सहमत भएको छ भने, अब औपचारिक हस्ताक्षर मात्रै बाँकी रहेको छ।

शिक्षकको मागअनुसार सबै प्रदेशका सरकारी अस्पताल र निजामती अस्पतालहरूमा शिक्षक तथा कर्मचारीले सहुलियतमा उपचार पाउने व्यवस्था गर्न सरकार सकारात्मक देखिएको छ।

यो सहमतिसँगै परीक्षा तालिका सुनिश्चित मात्र नभई, शिक्षा क्षेत्रमा चर्किएको अस्थिरता पनि क्रमशः कम हुने अपेक्षा गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *