देश

पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान

काठमाडौँ ।पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन्। आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ।

डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका ईन्चार्ज सन्देश कार्की छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *