काठमाडौं । लामो वार्तापछि शिक्षक र सरकारबीच सहमति भएको छ। अब बिहीबारदेखि शिक्षकहरू सडक होइन, विद्यालय फर्किने भएका छन्। आन्दोलन स्थगित गर्ने निर्णय भएको छ।
शिक्षक महासंघ र सरकारबीच बुधबार राति भएको सहमतिपछि आन्दोलन रोकिने सहमति बनेको हो। मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेपछि सहमतिको औपचारिक घोषणा गरिने बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन्।
योसँगै लामो समयदेखि पढाइबाट टाढा रहेका विद्यार्थीहरू अब पुनः नियमित कक्षा पाउनेछन्। शिक्षकहरूले पनि आफ्ना माग सम्बोधनको बाटो खुलेको भन्दै आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन्।




