देश

पहलगाममा भएको आतङ्कवादी आक्रमणको शेखर कोइरालाद्वारा निन्दा

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै नेता कोइरालाले पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका हुन् । उनले आक्रमणमा ज्यान गुमाउनले नेपाली नागरिक सुदीप न्यौपाने लगायतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘२२ अप्रिलमा कश्मीरको पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणप्रति हामी गहिरो भर्त्सना व्यक्त गर्दछौं। यस बर्बर आक्रमणमा पीडित भएकाहरूका परिवारप्रति हामी हार्दिक समवेदना र श्रद्धाञ्जली व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

आतङ्कवादका सबै रूप र प्रकृतिहरूको, जुनसुकै व्यक्तिले, जहाँसुकै र जुनसुकै उद्देश्यका लागि गरे पनि स्पष्ट रूपमा भर्त्सना गर्दै कुनै हालतमा पनि मान्य नहुने उनले उल्लेख गरेका छन् । आतङ्कवाद शान्ति, सुरक्षा र समृद्धिमा गम्भीर खतरा भएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *