
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त सरकारलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका छन् । ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिको नयाँ वर्ष शुभकामना कार्यक्रममा बोल्दै साउदले सरकारले शिक्षक र चिकित्सकहरूको आन्दोलन सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
उनले आन्दोलनहरूले मुलुकको शान्ति, स्थिरता र समृद्धिमा खतरा ल्याउन सक्ने भन्दै पार्टीका नेताहरुलाई सचेत रहन आग्रह गरे। दुई ठूला दलको सरकार बने पनि स्थिरताको अपेक्षा पूरा नभएको बताउँदै साउदले अस्थिरताको चक्र अझै कायम रहेको टिप्पणी गरे ।
पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीभित्र प्रत्येक नेताले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नुपर्ने सुझाव पनि दिए। जिम्मेवारी पूरा गरे आगामी महाधिवेशनमा नयाँ अवसर पाउने विश्वास व्यक्त गरे ।