
लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको उद्घाटन गरेका छन्। दुई दिनसम्म चल्ने सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता र नीतिनिर्माता लगायतको सहभागिता रहेको छ।
लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए। सम्मेलनमा संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाबारे छलफल हुने जनाइएको छ।