राजनीति

शिक्षकको आवाज बुलन्द बनाउँदै डा. कोइराला : सरकारले आँखा चिम्लिए आन्दोलन ज्वालामुखी बन्छ

काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारसँग शिक्षकको माग तत्काल पूरा गरिदिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण बनाउनले सरकारलाई आव्हान गरेका हुन् ।

उनले भनेका छन्,’ सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण बनाउँनू।‘

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। केही दिनयता देशभरका शिक्षकले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *