बागमती प्रदेश

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक भोलि

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न ४ः३० बजे बस्ने भएको छ ।

प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरू पारित गर्न सरकार पक्ष र प्रतिपक्षबिच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *