राजनीति

समसामयिक घटनाक्रमको समीक्षा गर्न राप्रपाले बोलायो बैठक

काठमाडौं।राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्नेछ ।

समसामयिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए। शुक्रबार राजावादीको आन्दोलन हिंसात्मक भएकोबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।

राजावादीको आान्दोलनपछिपार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *