राजनीति

तीनकुनेपछि पेरिसडाँडामा हिंसा: राजावादीको माओवादी कार्यालय घेराउ प्रयास

काठमाडौं । काठमाडौंको तीनकुनेबाट तितरबितर भएका राजावादी समर्थक प्रदर्शनकारीहरू कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू पेरिसडाँडातर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपासका क्षेत्रमा गाडी तोडफोड गर्नुका साथै आगजनी पनि गरेका छन् । यसले सो क्षेत्र तनावग्रस्त बनेको छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *