राजनीति

स्वर्ग र नर्क सम्झने अवस्था भयो: प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि आफूमाथि ठूलो जालझेल भएको बताएका छन् ।

आज संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले टीआरसीलाई टुंग्याउने विषयमा छलफलका लागि आफू गएकै दिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर फेरि आफूमाथि जालझेल भएको बताएका हुन् ।

‘सिंहदरबारमा टीआरसीबारे टुंग्याए लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन,’ प्रचण्डले भने, त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो। फेरि एकपटक निकै ठूलो जालझेल भएको जस्तो मलाई भयो।’

प्रधानमन्त्रीले संसदमा चित्त बुझ्दो जवाफ नदिएसम्म संसद चल्न नसक्ने उनले स्पष्ट पारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *