राजनीति

कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सुरू

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।

आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा बस्ने भनिएकाे उक्त बैठक ढिलाे गरी सुरू भएकाे हाे । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेकाे छ ।

कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *