देश

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा

दमौली (तनहुँ)। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको स्पष्ट पारेका छन्। तनहुँ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा शर्माले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै महामन्त्री शर्माले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन नागरिकलाई आग्रह गरे। उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब गर्न नहुने बताए।

महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रको पक्षमा जनमत नरहेको पुष्टि गरेको बताए। उनले पार्टी बलियो हुनुपर्ने र त्यसका लागि सबै कार्यकर्ताबीच एकता अपरिहार्य रहेको बताए। एउटा कांग्रेसले अर्को कांग्रेसको अस्तित्व स्वीकार गर्नुपर्नेमा उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *