राजनीति

पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। उनले १,१०२ मत ल्याउँदै माओवादी निकट रसिक लम्साललाई पराजित गरे, जसले ७१० मत प्राप्त गरेका थिए। श्रेष्ठ स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी हुन् र उनले विद्यार्थी राजनीति दलको प्रभावबाट मुक्त हुनुपर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यस्तै सचिवस् दिवस सापकोटा (अखिल क्रान्तिकारी) – १,०६४ मत, कोषाध्यक्षः अल्बर्ट ढकालले (नेविसंघ) – १,०४२ मत प्राप्त गरेका छन् । यसअघि २०७९ को चुनावमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *