
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आन्दोलनमा होमिएका शिक्षकहरूको मागप्रति सरकारको ‘कडा’ ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै केसीले यसअघिको आन्दोलनमा सरकार र शिक्षकसँग भएको सहमति ‘तत्काल’ कार्यान्वयन गर्न माग गरेका हुन्।
‘लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना सरकारले गरोस्, विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लागोस्’, केसीको ‘कडा’ चेतावनी छ।