देश

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरवारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो ।

राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँ फर्कने क्रममा हजारौँ समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्‍याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

माओवादी नेताहरूले भने मोर्चाको बैठक आकस्मिक नभई नियमित भएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *