राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै

काठमाडौं। आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। बैठकमा नेताहरूको जिम्मेवारी वितरण, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, र आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी बारे छलफल हुने छ।

यस्तै, बैठकमा राजावादीको सक्रियतासम्बन्धी विषयमा पनि चर्चा हुने नेताहरुले बताउनुभएकाे छ। फागुन १२ गते झापाको कचनकवलबाट सुरु गरिएको तराई–मधेश जागरण अभियान राजावादीहरूको गतिविधि बढेपछि स्थगित गरी काठमाडौं केन्द्रित गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *