काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि तथा पशुपंक्षी जन्य उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढेको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभाको सदस्याहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले कृषि क्षेत्रमा गरिएको यान्त्रिकिकरणले उत्पादन बढेको बताए । उनले गत आवको भन्दा चालु आ.व.मा धानको उत्पादन २ लाख ३१ मेट्रिक टनले बढेको बताए । तरकारी तथा फलफूलको उत्पादनमा स्वदेशी उत्पादनको हिस्सा उल्लेख्य वृद्धि भएको उनको भनाइ छ ।
मन्त्री अधिकारीले चालु आ.व.मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषियोग्य जमिन एकीकरण गरी सामुहिक खेती, करार खेती तथा सहकारी खेतीको प्रवद्र्धन गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।




