देश

बालेनको घरमा पुगेर प्रचण्डले भने– हामी सबै मिलेर देश बनाउनु छ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुख्र्यौली घर पुगेका छन् ।

तराई–मधेश जागरण अभियानमा रहेका प्रचण्ड आज महोत्तरीस्थित बालेनको पुख्र्यौली घरमा पुगेका हुन् ।

प्रचण्डले बालेनको घरमा पुग्न पाउँदा रमाइलो लागेको बताए । यस्तै उनले सबै मिलेर देश बनाउनुपर्ने पनि बताएका छन् ।

‘बालेन शाहको पुर्ख्यौली घर । उहाँको बा लगायत काकाहरूको घरमा हामी आइपुगेका छौ रमाइलो महसुस भएको छ’,प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *