देश

राजाको स्वागतका लागि राप्रपाले स्थगित गर्‍यो आमसभा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २५ गते काठमाडौंमा गर्ने भनिएको आमसभा स्थगित गरेको छ ।

बुधबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गर्दै आमसभा स्थगित गरेको हो ।

बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *